चीनको बेइजिङलगायत क्षेत्रमा भारी हिमपात र वर्षा, जनजीवन  प्रभावित

 फागुन २, २०७८ सोमबार ७:५०:४१ | एजेन्सी
unn.prixa.net

चीनको बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेकाे समयमा हिमपात र  वर्षा भएको छ ।

हिमपातका कारण केही ठाउँमा गाडी चल्न सकेका छैनन् भने बाक्लो हिउँ जम्दा जनजीवन  प्रभावित भएको छ ।

भारी हिमपात भएपछि शीतकालीन ओलम्पिकका केही खेल समेत  स्थगित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय अधिकारीकाअनुसार विशेष गरी सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकका लागि पुगेका पाहुना तथा आयोजकको सहजीकरणका लागि सहरमा जमेका हिउँ सफा गर्ने काम सुरु गरिएको छ ।

हिमपातले ओलम्पिकमा सहभागी हुन पुगेका खेलाडी र पाहुना प्रभावित भएका छन् । त्यहाँको मौसम विज्ञान पूर्वानुमान शाखाले बेइजिङसहित शान्सी, हेबइ, तियान्जिन, शिजियाङलगायत क्षेत्रमा भारी हिमपात भइरहेको जनाएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया