कोरोना महामारीमा पनि त्रिविमा झण्डै डेढ सय दिन तालाबन्दी : शैक्षिक क्यालेण्डर पालना गर्न चुनौती

 फागुन ३, २०७८ मंगलबार ७:५५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कोरोना महामारीका बेलामा त्रिभुवन विश्वविद्यालयमा झण्डै डेढ सय दिन तालाबन्दी भएको छ । चालु शैक्षिक सत्रमा विभिन्न विद्यार्थी तथा प्राध्यापक सङ्घसङ्गठनबाट एक सय ४९ दिन तालाबन्दी भएको हो।

आंशिक शिक्षकले गएको हप्तादेखि गरेकाे तालाबन्दी कायमै छ । त्रिवि परिषद्ले तालाबन्दीप्रति असन्तुष्टि जनाउँदै खोल्न आग्रह समेत गरेको छ ।

तालाबन्दी र अनशनका माध्यमबाट विश्वविद्यालयका पदाधिकारीलाई भौतिक, मानसिक र नैतिक दबाब दिइ आंशिक शिक्षकलाई स्वतः करार सेवामा, करार सेवा प्रवेशपछि स्वतः स्थायी वा आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्ने परम्परालाई स्वीकार नगर्ने पनि त्रिवि नेतृत्वले स्पष्ट पारेको छ ।

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले अनावश्यक र असान्दर्भिक माग राखेर त्रिविमा निरन्तर तालाबन्दी गर्नु गलत भएको बताउनुभयो । विद्यार्थी र प्राध्यापकका विभिन्न सङ्गठनले गरेको तालाबन्दीका कारण दैनिक कामकाज मात्र नभएर विश्वविद्यालयका दीर्घकालीन लक्ष्य र उद्देश्य नै अलपत्र परेका छन् ।

शैक्षिक क्यालेण्डर पालना गर्न चुनौती भएको दाहालले बताउनुभयो ।
     
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया