लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै : ५२ वटा सूचक मुख्...
माघ २०, २०८१ आइतबार
काठमाण्डाै - आज बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ मा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्ध दिवस मनाउने गरिन्छ ।
बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो ।
अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको यसवर्षको नारा ‘जीवन रक्षा : तपाईँको हातमा’ रहेको छ । हरेक वर्ष विश्वभर झण्डै दुई लाख आठ हजार जना १९ वर्षमुनिका जनसङ्ख्यामा क्यान्सर हुने गरेकाे तथ्याङ्क छ ।
नेपालमा बर्सेनि क्यान्सरका १५ सयभन्दा धेरै बालबालिका थपिने गरेका छन् । तर एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा पुग्ने गरेको पाइएको छ । समयमै पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने कान्ति बाल अस्पतालले जनाएको छ ।
कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझीका अनुसार बालबालिकामा देखिने विभिन्न प्रकारका क्यान्सरमध्ये रक्त क्यान्सर बढी देखिने गर्छ । रगतको कमी भइ छाला सेतो हुने, तौल असामान्य रुपमा घट्ने, खोकी निको नहुने, शरीर सुन्निने लगायतका लक्षण देखिन्छन् ।
बालक्यान्सरको उपचार सम्बन्धी सबैजसो सेवा निःशुल्क रहेको तर उपचारमा पहुँचको कमी मुख्य समस्या रहेको डाक्टरको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।