सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
दाङ - दाङकाे देउखुरीमा टिपरको ठक्करबाट एक महिलाकाे ज्यान गएकाे छ । राप्ती गाउँपालिका-१ पाखापानीमा टिपरको ठक्करबाट दूध बेच्न हिँडेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।
रा १ क १२८६ नम्बरको टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका-२ कटेशनालाकी ३५ वर्षीया डिला पौडेलको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
साइकलमा दूध बेच्न भालुबाङ हिँडेकी महिलालाई टिपरले ठक्कर दिएको हो । घटनापछि मृतकका आफन्त तथा स्थानीयले राजमार्ग बन्द गरेका छन्।
दोषीलाई कडाभन्दा कडा कारबाहीको माग र क्षतिपूर्तिको माग गर्दै बाटो बन्द गरिएको हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।