दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि
असोज १४, २०८० आइतबार
काठमाण्डाै - वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । उहाँलाई ताना शर्मा भनेर पनि चिनिन्छ ।
विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका शर्मा ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनुहुन्थ्यो । साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेख्नुभएको छ ।
डा.शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि २०२६ सालमा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गर्नुभएको थियो ।
शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येटी गरिने परिवारले जानकारी दिएका छन् ।