लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै : ५२ वटा सूचक मुख्...
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने आन्तरिक उडानतर्फका यात्रुले अब टिकट नम्बर मात्रै देखाएर प्रवेश नपाउने भएका छन् । अहिलेसम्म मोबाइलमा टिकट नम्बर मात्रै देखाए पुग्नेमा अब टिकट प्रिन्ट गर्नुपर्ने वा पूर्ण विवरणसहितको डिजिटल टिकट देखाउनुपर्ने विमानस्थल कार्यालयले जनाएको छ ।
केही यात्रुले १० अङ्कको 'प्यासेन्जर नेम रेकर्ड' (पीएनआर) मात्रै लिएर विमानस्थलमा जाँदा सुरक्षा संवेदनशीलता बढेको तथा यात्रुको विवरण सङ्कलनमा सुरक्षाकर्मीलाई अप्ठेराे भएको भन्दै प्रिन्ट टिकट बोक्न भनिएको विमानस्थलका महानिर्देशक भोलाप्रसाद गुरागाईंले बताउनुभयो ।
मोबाइलमा पीएनआर नम्बर मात्रै बोक्नेहरूलाई कडाइ गरिएको र डिजिटल टिकट नै हुनेहरूको हकमा भने प्रवेश नरोकिएको उहाँको भनाइ छ ।
मोबाइलमा डाउनलोड गरिएको पूर्ण विवरणसहितको टिकट भएमा प्रिन्टलाई अनिवार्य नगरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।