पहिलाे आर्थिक वर्षमै माेदी र याेगीकाे भ्रमण गराउनु प्रदेश सरकारकाे उपलब्धि : मुख्यमन्त्री राउत

 फागुन ३, २०७८ मंगलबार १५:१०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सम्हालेको पहिलो आर्थिक वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण गराउनु सरकारको उपलब्धि भएको बताउनुभएकाे छ । प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धि सार्वजनिक गर्न आज मङ्गलवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

यस्तै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाज रूपान्तरणको अभियानमार्फत महत्त्वपूर्ण काम गरिरहेको बताउनुभयाे । प्रदेश सरकारले समाजमा रहेका विकृति, विसङ्गतिहरूलाई अन्त्य गर्नका लागि सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको उहाँकाे भनाइ छ । 

मुख्यमन्त्री राउतले समाजमा पछि पारिएका महिला, दलितलगायतका उत्पीडितहरूलाई मूल प्रवाहमा ल्याउनका लागि प्रदेश सरकारले काम गरेको बताउनुभयो । यस अवधिसम्म बेटी पढाऔँ, बेटी बचाऔँ अभियान, छोरी शिक्षा बीमाको कार्यक्रम, साइकल वितरण तथा लोक सेवा कक्षा सञ्चालन लगायतका महत्त्वपूर्ण कामहरू गरिएको उहाँले उल्लेख गर्नुभयो । 

मुख्यमन्त्री राउतले विभिन्न मन्त्रालयमार्फत ल्याइएका नीति, कार्यक्रम र योजनाहरूलाई सरकारले क्रमशः कार्यान्वयन गर्दै लगेको बताउनुभयो । मधेस प्रदेशका नागरिक चाहना र आकाङ्क्षालाई सम्बोधन गर्न सरकारले निरन्तर प्रयास गर्दै आएको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया