आङ खसेका महिलाको उपचारका लागि खाेटाङकाे हलेसीमा घुम्ती शिविर

 फागुन ३, २०७८ मंगलबार १९:५०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – आङ खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घुम्ती शिविर सुरु गरिएको छ । आङ खसेका कारण कठिन रूपमा दैनिकी बिताइरहेका महिलालाई लक्षित गर्दै नगरपालिकाले विभिन्न वडामा आङ खस्ने समस्या भएका महिलाका लागि विशेष शिविर तथा पाठेघरको क्यान्सरको जाँच गर्न भीआईए क्याम्प सुरु गरेको हो ।

लुकेर बसेका आङ खसेका महिलाको पहिचान गर्ने र उपचार दिने लक्ष्यका गएकाे आइतवारदेखि हलेसी तुवाचुङ नगरपालिका १ बाहुनी डाँडाबाट सुरु गरिएको घुम्ती शिविर आज मङ्गलवार हलेसी ९ सल्लेमा पुगेको छ । अहिलेसम्म १४ महिलाकाे शरीरमा रिङप्रेसरी राखिएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो । 

भीआईए परीक्षणका क्रममा आङ खसेका कारण क्यान्सर भएकी अवस्थामा एक महिला भेटिएकी छन् । पाठेघरको क्यान्सर भएकी महिलालाई पायक पर्ने सहरमा गएर उपचार गर्नका लागि यातायात खर्चबापत जनही पाँच हजार रुपैयाँ उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया