इलाममा फागुन ११ देखि तारा एअरको नियमित उडान, एकतर्फी भाडा ९ हजार रुपैयाँ

 फागुन ३, २०७८ मंगलबार १८:५६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि हप्तामा दुई उडान हुने भएको छ । यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले हप्तामा दुई वटा उडान गर्ने जनाएको छ । 

निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले हरेक आइतवार र बिहीवार काठमाण्डाैदेखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । 

धावनमार्ग कालोपत्र भइ परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र तारा एअरको संयुक्त पहलमा विमानस्थलमा हप्ताको दुई वटा नियमित उडान हुन लागेको हो । फागुन ११ देखि काठमाण्डाैबाट बिहान ११ बजे र इलामबाट दिउँसो साढे १२ बजे उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताउनुभयो । काठमाण्डाैबाट इलामसम्मको उडान अवधि झन्डै एक घण्टाको हुनेछ । हवाई यात्राका लागि अहिले एकतर्फी भाडा नौ हजार रुपैयाँ कायम गरिएको छ । 

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन बोर्ड र तारा एअरकाे पहलमा नियमित उडान सञ्चालन हुन लागेकोमा आभार प्रकट गर्नुहुँदै आउँदा दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । इलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ । त्यहाँ पया–पर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ । 

नेपाल पर्यटन बोर्डका सदस्य एवम् पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो । पूर्व जान चाहने आन्तरिक पर्यटकको सश्ख्यार् बढिरहे पनि सडक यातायातमा झन्झटिलाे र समय लाग्ने भएकाले हवाई यात्राबाट पर्यटक सङ्ख्या बढ्ने उहाँले बताउनुभयो । 

इलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तु सर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पान्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदि पर्यटकीय आर्कषणका केन्द्रहरू हुन् । 

फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरूलाई हवाई यात्राका लागि सहज हुनेछ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया