लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै : ५२ वटा सूचक मुख्...
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समयमा नियमित पठनपाठनबाहेकका काम नगर्न सामुदायिक विद्यालयका शिक्षकहरूलाई सचेत गराएको छ ।
केन्द्रले देशैभरका शिक्षा विकास तथा समन्वय इकाइलाई आज मङ्गलवार पत्र लेख्दै विद्यालय समयमा नियमित पठनपाठन भए/नभएको बारे अनुगमन गर्न भनेको हो । सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयको समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने/पढाउने तथा त्यससँग सम्बन्धित अनलाइन कक्षामा सामेल हुने गरेको गुनासो आएको केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले शिक्षा विकास तथा समन्वय इकाइलाई लेखेको पत्रमा उल्लेख छ ।
‘यस्तो कार्य शिक्षा नियमावली २०५९ को नियम १३३ को उपनियम (१) को प्रावधान विपरीत भइ विभागीय सजायसमेत आकर्षित हुने भएकाले विद्यालय समयमा त्याे काम नगर्न, नगराउनु हुन स्थानीय तहमार्फत सम्बन्धित सबै शिक्षकहरूलाई निर्देशन दिन र इकाइमार्फत नियमित अनुगमनको व्यवस्थासमेत मिलाउन हुन अनुरोध छ’, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्रमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।