लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै : ५२ वटा सूचक मुख्...
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – कोरोना भाइरसविरुद्धकाे खोपबारे झुटो बोलेको भन्दै नेकपा एमालेले स्वास्थ्य मन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारका बेला आफूले कोरोनाविरुद्धको खोप पाँच हजार रुपैयाँमा किनेर लगाएको अभिव्यक्ति दिएर मन्त्री खतिवडाले अफवाह फैलाएको भन्दै नेकपा एमालेले आज मङ्गलवार विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्री खतिवडाको राजीनामा माग गरेको हो ।
एमालेका स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा सिभिल अस्पतालमा कोरोना खोप लगाउने सांसदहरूको सूचीमा स्वास्थ्य मन्त्री खतिवडाको नाम पनि सार्वजनिक गरेको छ ।
खतिवडाले केही दिन अगाडि एक टेलिभिजन कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ दाबी गर्नुभएको थियो । नयाँ बानेश्वरमा रहेकाे सिभिल अस्पतालमा उहाँले पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख भेटिएको एमालेले जनाएको छ ।
सङ्घीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला खतिवडाले सिभिल अस्पतालको रजिस्टरु 'ख'मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । यो अभिलेखमा ६२ वर्षका खतिवडाले ब्याच नम्बर ४१२० जेड ००४ को कोभिशिल्ड खोप लगाएको स्पष्ट भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ति
रजिस्टर
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।