मालेगाउँमा पानीको अभाव : चर्पी भए पनि खुला ठाउँमै दिसापिसाब गर्न बाध्य

 फागुन ४, २०७८ बुधबार १०:२३:३० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१ मालेगाउँमा पिउने पानीको समस्या भएको छ । 

वर्षायाममा आकासे पानी संकलन गरेर र अन्य समयमा खोलाको धमिलो पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीयवासीले गुनासो गरेका छन् । उनीहरूले झण्डै डेढ घण्टा हिँडेर खोलाको पानी बोकेर खानुपर्ने बाध्यता छ । मालेगाउँवासीले हिउँद र गर्मीयाममा पानीको अभाव झेल्दै आएका छन् । 

पाँच वर्षअघि घोराही उपमहानगरपालिका वडा नम्बर–१ र विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा सोलार प्रणालीबाट लिफ्टमार्फत पानी ल्याएर केही महिना उपभोग गरेपनि अहिले त्यो प्रणाली बिग्रेकाले पुरानो समस्या दोहोरिएको हो । पानी अभावमा अहिले आफूहरुले विभिन्न खालका समस्या भोग्न बाध्य भएको माले सल्लीकोट टोल विकास संस्थाका अध्यक्ष विजय तिवारीले बताउनुुभयो ।

पानीको संकट गहिरिँदै गएकाले एक गाग्री पानी लिएर घरमा आउँदा २ घण्टा लाग्ने गरेको स्थानीय गीता तिवारीको गुनासो छ । पानी नभएकै कारण माले सल्लीकोटका बासिन्दाले चर्पीसमेत प्रयोग गर्न सकेका छैनन् । घरमा चर्पी बनाए पनि प्रयोगमा ल्याउन नसकेको बागवीर वलीले बताउनुुभयो । खानेपानीकै समस्या भएको अवस्थामा सरसफाइका लागि थप पानी संकलन गर्न सम्भव नभएपछि आफूहरु खुला ठाउँमै दिसापिसाब गर्न बाध्य भएको अर्का स्थानीय दिलमाया पुनको भनाइ छ ।  
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया