काठमाण्डौ उपत्यका, बुटवल, दाङ र पोखराबाट गरी ६४ जना बन्दकर्ता पक्राउ

 फागुन ४, २०७८ बुधबार १२:५४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका विभिन्न ठाउँबाट ६४ जना बन्दकर्ता पक्राउ परेका छन् । काठमाण्डौ उपत्यकाबाट ५२, बुटवलबाट ९, दाङमा दुई र पोखरामा एक जना बन्दकर्ता पक्राउ परेका प्रहरीले जनाएको हो ।

सडकमा बन्द गराउँदै हिडेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै पूर्व– पश्चिम राजमार्गको दाङ खण्डमा रोकिएका गाडीलाई प्रहरीले स्कर्टिङ्ग गरेर गन्तब्यमा पुर्याएको छ । पूर्वबाट पश्चिम जान भालुबाङ पुगेका बस, ट्रक लगायतका गाडीलाई स्कर्टिङ्ग गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बन्दका कारण पोखरामा नगर बस चलेका छैनन् । तर, काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेको छ ।

सडक र चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसँगको सम्झौताको विरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेका हुन् । प्रहरीले ढुक्क भए गाडी चलाउन आग्रह  गरेको छ । 
 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया