दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी दर्ता भएको छ ।
नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल तथा नेताहरू योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध भ्रष्टाचारको उजुरी दर्ता गरेको अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो ।
ऐन संशोधन गरेर गिरीबन्धु टी स्टेटको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालविरुद्ध उजुरी दर्ता भएको छ ।
यस्तै कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालविरुद्ध तथा नेपाल भ्रमण वर्ष २०२० को नाममा व्यापक अनियमितता गरेको आरोपमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरुद्ध उजुरी दर्ता भएको अख्तियारले जनाएको छ ।
अनेरास्ववियूको तर्फबाट आएको उजुरीलाई दर्ता गरिएको र प्रक्रिया पुर्याएर अनुसन्धान गरिने पनि प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
उजुरी दर्ता नम्बर
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ambar Bdr Dewan
Feb. 18, 2022, 5:42 p.m.एमसीसी, गठवन्धन टिकाउ, चुनाव सार, जमानत जफतबाट जाेगिउ यस्तै यस्तै अभियानकाे विरूद्ध अाएछ है
Janata
Feb. 17, 2022, 3:07 p.m.पहिलो कुराः नेपालमा कुन चैं ठूला नेताहरुले भ्रष्टाचार गरेका छन् र ? दोश्रो कुराः छानविन शुरु हुन कति वर्ष लाग्ने हो ? तेश्रो कुराः निष्पक्ष छानविन हुने हो कि होईन? चौथो कुराः दोषी देखिएछन् भने पनि पक्राउ कति वर्ष पछि हुने हुन् ?