गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्ने जहाज काठमाण्डौ आइपुग्यो, आजै भैरहवा जाने

 फागुन ५, २०७८ बिहीबार १५:१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने जहाज काठमाण्डौ आइपुगेको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को जहाज आज बिहीवार बङ्गलादेशको ढाका हुँदै काठमाण्डौ आइपुगेको हो ।

जहाज आजै बेलुकासम्म काठमाण्डौबाट भैरहवा जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यो जहाजले भोलि शुक्रवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 'क्यालिब्रेशन फ्लाइट' अर्थात् परीक्षण उडान गर्नेछ । जहाजले १० दिनसम्म विमानस्थलमा परीक्षण उडान गर्नेछ ।

परीक्षण उडानका क्रममा भैरहवामा हुने आन्तरिक उडान प्रभावित हुनेछ । बिहान १० देखि बेलुका पाँच बजेसम्म परीक्षण उडान हुने भएकाले त्यो समयमा आन्तरिक उडान ठप्प हुनेछन् । मौसमले साथ दिएमा बिहान १० बजेसम्म र बेलुका पाँच बजेपछि आन्तरिक उडान हुनेछन् । परीक्षण उडानका क्रममा उडानसँग सम्बन्धित सबै उपकरणको जाँच हुनेछ । 
 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bharat Thapa

    Feb. 17, 2022, 4:52 p.m.

    यो एकदम राम्रो हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया