गठबन्धन जोगाउँदै एमसीसीलाई निकास दिनेमा हाम्रो जोड छ: प्रचण्ड

 फागुन ५, २०७८ बिहीबार १५:५६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्ता गठबन्धन जोगाउँदै अमेरिकी सहयोग एमसीसी सम्झौतालाई निकास दिन प्रयास भइरहेको बताउनुभएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँगको भेटपछि अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । आज बेलुका ५ बजे सत्ता संयन्त्रको निर्णायक बैठक बस्न लागेको र त्यहाँ गम्भीर छलफल हुने उहाँकाे भनाइ छ । 

‘हामी पाँच दलको सत्ता गठबन्धनलाई कसरी जोगाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमा केन्द्रित छाैँ । आज एउटा निचोड निस्किन्छ, हाम्रो जोड चाहिँ गठबन्धन बचाउनेमै छ’, प्रचण्डले भन्नुभयो ।

सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सहमति नहुँदा एमसीसी सम्झौता अन्योलमा परेको छ । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय गरेको छ ।

हिजो बसेको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने भनिए पनि सर्वसहमति विना एमसीसी टेबल भए गठबन्धनबाट बाहिरिने प्रचण्डको अडानपछि गठबन्धनको बैठकमा छलफल गर्न लागिएको हो । एमसीसीबारे साझा धारणा बनाउन र सहमति जुटाउन आज गठबन्धनको बैठक बस्न लागेको हो । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया