५ दिनदेखि काठमाण्डौको फोहर उठेन, चोक–चोकमा थुप्राे

 फागुन ५, २०७८ बिहीबार १५:५९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएकाे पाँच दिनदेखि फोहर नउठ्दा काठमाण्डौ उपत्यका दुर्गन्धित बन्दै गएको छ । अहिले उपत्यकाका चोक–चोकमा फोहोरका थुप्रा थुप्रिएका छन् । फोहोर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्मको बाटो कालाेपत्र (पिच) गर्नुपर्ने माग गर्दै स्थानीयवासीले गरेको आन्दोलनका कारण फागुन १ गतेदेखि उपत्यकाको फोहर उठ्न नसकेको हो । 

स्थानीयवासी, काठमाण्डौ महानगरपालिका र सडक विभागबीच  छलफल भए पनि सहमति हुन सकेको छैन । सिसडोलवासीले बाटो पिच नभइ फोहर फाल्न नदिने अडान राखेका छन् । काठमाण्डौ महानगरपालिकाले भने समस्याको समाधानका लागि पहल गरिरहेको बताएको छ ।

महानगरपालिकाका वातावरण विभागकी प्रमुख सरिता राईले सम्बन्धित सरोकारवाला सबैको यो विषयमा ध्यानाकर्षण गराइरहेको बताउनुभयो । सडक विभागले तत्काल बाटो बनाउनका लागि आवश्यक जनशक्ति पठाउने बताइसकेकाले अब छिट्टै समस्याको समाधान हुने उहाँको भनाइ छ  । यो सडक खण्डमा बाटो बनाउने भनेर ठेकेदारले लामो समयदेखि काम नथाल्दा समस्या भएको हो ।

काठमाण्डाै उपत्यकामा दैनिक एक हजारदेखि १२ सय टनसम्म फोहर निस्कने गरेको महानगरपालिकाले जनाएको छ । वर्गीकरण नगरि एकै ठाउँमा फोहर हाल्दा यो परिमाण अझै बढ्न सक्छ ।

उपत्यकाको काठमाण्डाै, ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । यी सबै फोहर निजी र महानगरका गरी दैनिक दुई सयभन्दा धेरै टिपर–ट्रकबाट नुवाकोटको ककनी गाउँपालिका २ को सिसडाल लैजाने गरिएकोमा अहिले फोहर उठ्न नसकेको हो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया