सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने याेजना सार्वजनिक

 फागुन ५, २०७८ बिहिबार १९:१८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१/२६ सार्वजनिक गरेको छ । आज बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक कार्यक्रमका बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१/२६ (पञ्चवर्षीय) मन्त्रालयले सर्वजनिक गरेको हो ।

रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यसहित २०२१/२६ रणनीतिक योजना ल्याएको बताउनुभयो । उहाँले यो रणनीतिक योजनाले एचआईभी सम्बन्धी सेवामा समावेशी , समतामूलक तथा पहुँच योग्य बनाउन सहयोग पुग्ने बताउनुभयो । राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१/२६ सार्वजनिकसँगै आजदेखि कार्यान्वयनमा पनि आएको उहाँले बताउनुभयो ।

सचिव गुरागाईंले रणनीतिक योजनाको लक्ष्य पूरा गर्न दातृ निकायको समेत निरन्तर सहयोग आवश्यकता रहेको बताउनुभयो । उहाँले रणनीतिक योजनाको कार्यान्वयनपछि मुख्य गरी नयाँ एचआईभी सङ्क्रमण रोकथाम गर्ने, सङ्क्रमितको स्वास्थ्यमा सुधार ल्याउने, एचआईभी सङ्क्रमणमा न्यूनीकरण ल्याउने लक्ष्य लिएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया