सत्ता गठबन्धनको बैठक सकियो, आज पनि सहमति जुटेन

 फागुन ६, २०७८ शुक्रबार ११:२१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ ।

एमसीसीका विषयमा सहमति खोज्नका लागि भन्दै बसेको बैठक निष्कर्षमा पुग्न सकेन । बैठक पर्सि फेरि बस्ने भएको छ । सत्ता गठबन्धनको हिजोको बैठकमा पनि सहमति जुट्न सकेको थिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको संसद् बैठकमा एमसीसीलाई टेबल गर्ने तयारी गर्नु भएको छ । तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा बैठक दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीसम्बन्धी एजेण्डाको विषय समावेश गरिएको छैन ।

सहमति नहुँदासम्म एमसीसीलाई अगाडि बढाउन सभामुख अग्नि सापकोटा पनि तयार नभएकाले आजको बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना कम छ । एमसीसी अनुमोदन गर्न माओवादी केन्द्र र एकीकृत समाजवादीले सहयोग नगरेपछि प्रधानमन्त्री देउवालले एमालेसँग सहकार्य गर्न छलफल थाल्नु भएको छ । 

 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया