लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै : ५२ वटा सूचक मुख्...
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – खाना पकाउने प्रेसर कुकरले हानेर आफ्नै बुवाको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौ कीर्तिपुर नगरपालिका–६ का ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई हिजो प्रहरीले पक्राउ गरेको हो । शंकर र कृष्ण मृतकका माइलो र कान्छो छोरा हुन् ।
प्रहरीका अनुसार दुवै जनाले रक्सी खाएर ६५ वर्षीय आफ्नै बुवालाई प्रेसर कुकर तथा लोहोरो प्रयोग गरी मरणासन्न हुने गरी घाइते बनाएका थिए । घाइतेको उपचारका क्रममा हिजो राति साढे सात बजे वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
अहिले दुवैजना विरुद्ध ज्यान सम्बन्धी कसूरमा प्रहरी बृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।