प्रहरी भर्ना रोक्न माग गर्दै मधेस प्रदेशद्वारा सर्वोच्च अदालतमा मुद्दा दर्ता

 फागुन ६, २०७८ शुक्रबार १४:१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – मधेस प्रदेशको आन्तरिक मामिला मन्त्रालयले प्रहरी भर्ना रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको छ । प्रहरी समायोजन नगरी संघीय सरकारले प्रहरी भर्नाको विज्ञापन गरेर प्रदेशको क्षेत्राधिकार मिचेको भन्दै मधेस प्रदेशले मुद्दा दर्ता गराएको हो ।

रिटमा संघीय सरकारले आह्वान गरेको प्रहरी विज्ञापन रोक्न माग गर्दै प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाइएको छ । मधेस प्रदेशका आन्तरिक मामिला मन्त्री भरतप्रसाद साहले प्रहरी समायोजनको लागि बारम्बार ताकेता गरे पनि संघीय सरकारले अटेर गर्दै आइरहेको अवस्था र विज्ञापन समेत खोलेको कारणले बाध्य भएर आफूले उत्प्रेषणयुक्त परमादेश समेतको माग गरि मुद्दा दर्ता गराइएको जनाकारी दिनुभयो ।

उहाँले संविधानमा उल्लेखित एकल अधिकारको सूचीमा प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारको जिम्मामा रहेको र त्यही अनुसार प्रदेश प्रहरी गठन तथा प्रहरी समायोजन भइ निश्चित तहसम्म प्रहरी भर्ना गर्ने अधिकार प्रदेश सरकारको भएको बताउनुभयो । उहाँले प्रदेश प्रहरी बिना शान्ति सुरक्षामा समस्या भइरहेको र बिना प्रहरी संघीयताको कल्पना समेत गर्न नसकिने बताउनुभयो । 
 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया