गौतमबुद्ध  विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु, अरु उडान प्रभावित हुने

 फागुन ६, २०७८ शुक्रबार १४:११:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान अर्थात क्यालिब्रेशन फ्लाइट सुरु भएको छ ।

उडानका लागि ल्याएको जहाजले ३० घण्टा भन्दा धेरै उडान गरेर विमानस्थलमा जडित यान्त्रहरुको परीक्षण सम्पन्न गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आजदेखि सुरु भएको उडानमा जहाजले दैनिक पाँच घण्टाभन्दा बढी उडान भर्नेछ । क्यालिब्रेशन फ्लाइटका क्रममा बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म भैरहवा विमानस्थलको उडान रोकिने छन् ।

कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्ने भएकाले अरु जहाजको उडान रोक्नु परेको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले बताउनुभयो । भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुँदै आएको छ । अरु उडान बिहान र बेलुका हुनेछन् भने शनिबार क्यालिब्रेशन फ्लाइट नहुने भएकाले पुरानै तालिका अनुसार उडान हुने प्राधिकरणले जनाएको छ ।

आउँदो फागुन १५ गतेसम्म क्यालिब्रेशन फ्लाइट हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अन्तर्राष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो हुनेछ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा निर्माण सुरु भएको विमानस्थल कोरोना महामारी र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पाँच वर्ष लम्बिएको थियो । प्राधिकरणका अनुसार आउँदो जेठ दुई गतेदेखि विमानस्थलमा व्यावसायिक उडान सुरु गर्ने तयारी छ ।
 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया