एमसीसीलाई देखाउँदै चीन र अमेरिकाको अस्वाभाविक सक्रियता

 फागुन ७, २०७८ शनिबार ७:५६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा एमसीसी परियोजनाको विषयलाई शक्ति राष्ट्रहरु अमेरिका र चीनले अस्वाभाविक सक्रियता बढाएपछि यो विषय थप जटिल बनेको छ । एमसीसीबारे दलहरु विभाजित भइरहेको बेला चीन र अमेरिकाबीच टकराव देखिएको हो ।

अमेरिकाले नेपालसँगको सहकार्यको नाममा धम्की  कुटनीति सुरू गरेको भन्दै चीनले यसको प्रतिरोध गर्ने भनेको छ । शुक्रवार बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा कुटनीतिक दबाब सुरु गरेको भन्दै नेपालको छिमेकी देश र विकास साझेदार देश भएको नाताले नेपाली नागरिकले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताउनुभयो । 

उहाँको भनाइ सार्वजनिक हुनु पहिले नेपालका लागि अमेरिकी राजदूत र्यान्डी जे बेरीले ट्वीट गर्दै एमसीसीको विषयलाई लिएर नेपालमा भइरहेको विवाद र प्रदर्शनप्रति आपत्ति जनाउनुभएको थियो । उहाँले आफूहरु स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक रहेको भन्दै हिंसा र हिंसालाई प्रोत्साहित गर्ने कार्य स्वीकार्य नहुने बताउनुभएको छ । 

एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्नेबारे नेपालका दलहरुले समयमै निर्णय गर्न नसक्दा यही विषयलाई लिएर दुई शक्ति राष्ट्रहरु आमनेसामने उभिएका हुन् । अनुदान सम्झौता लिने या नलिने विषय सार्वभौम देश नेपालको आत्मनिर्णयको कुरा हो । यसबारे निर्णय गर्ने अधिकार संसद्सँग छ । तर दलहरुले समयमै निर्णय गर्न नसक्दा बेइजिङ र वासिङ्टनले काठमाण्डौमाथि अनावश्यक दबाब सिर्जना गर्न खोजेका छन् ।

यसलाई कुटनीतिज्ञसँगै आमनागरिकले अस्वाभाविक भन्दै नेपालका दलहरुलाई उच्च कुटनीतिक चातुर्यता देखाउन सुझाव दिएका छन् । नेताहरु जिम्मेवार नहुँदा नेपालमा देखिने गरी वैदेशिक हस्तक्षेप बढ्न थालेको र भू-राजनीतिक भुमरीमा नेपाल परेको भन्दै चिन्ता व्यक्त भएको छ । नेपाललाई चीन र अमेरिकाको खेलमैदान नबनाइयोस् भनेर खबरदारी पनि सुरु भएको छ ।

यसै विषयमा उज्यालोको फेसबुक पेजमा आएका केही टिप्पणी र प्रतिक्रिया हेरौँ :

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया