लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै : ५२ वटा सूचक मुख्...
माघ २०, २०८१ आइतबार
काठमाण्डाै - आज छैटौँ निर्वाचन दिवस मनाइँदैछ । ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
२०१५ साल फागुन ७ गते नेपाली नागरिकले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो ।
निर्वाचन आयोगले २०७३ सालदेखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदाे स्थानीय तह चुनावमा स्वतःस्फूर्त सक्रिय एवम् उत्साहजनक रूपमा सहभागी हुन आह्वान गर्नुभएको छ ।
सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरिसकेको छ । नेपालमा संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका सदस्यको चुनाव तथा यसपछि सम्पन्न भएका उपचुनाव र राष्ट्रिय सदस्य चुनावबाट देशभर झण्डै ४१ हजार सत सय जनप्रतिनिधि शासकीय प्रणालीमा सहभागी हुन सफल भएका छन् ।
अघिल्लो तीन चरणमा सम्पन्न स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीको पदावधि संविधान र ऐनअनुसार आउँदो जेठ ५ गते समाप्त हुने भएकाले त्यसअघि नै स्थानीय तहमा जनप्रतिनिधिको चयन गर्न चुनाव हुन लागेको हो ।
पछिल्लो समय चुनाव खर्चिलो र भड्किलो बन्दै गएको भन्दै टिकाटिप्पणी हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।