बालकुमारी देवीको मन्दिरमा साइरनसहित सुरक्षायन्त्र जडान गरिने

 फागुन ७, २०७८ शनिबार ११:१७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - हराएको २० दिनपछि फेला परेको ललितपुर सुनाकोठीको बालकुमारी देवीको मन्दिरमा साइरनसहितको सुरक्षायन्त्र जडान गरिने भएको छ ।

मन्दिरमा रहेको तीन सय वर्ष पुरानो बालकुमारीको मूर्ति गएको माघ ९ गते हराएकोमा २० दिनपछि फेला परेको थियो ।

फेला पारेको मूर्ति पुनः चोरी नहोस् भनेर साइरनसहितको सुरक्षायन्त्र जडान गर्न लागिएको हो ।

चोरी भएको मूर्ति हात्तीवन नजिकबाट फेला परेको थियो । ललितपुर महानगरपालिकाका जनप्रतिनिधि, स्थानीय जनप्रतिनिधि गुठियार, स्थानीयको बैठकले मन्दिरको ढोकामा सेन्सर, साइरन र जीपीएसलगायतका सुरक्षा प्रविधि अपनाउने निर्णय गरेको हो ।

बालकुमारी देवीको मन्दिरमा आज क्षमापूजा समेत गरिएको छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया