नक्कली मह बिक्री गरिरहेको अवस्थामा एक जना पक्राउ

 फागुन ७, २०७८ शनिबार १३:५६:४६ | दमन राई
unn.prixa.net

खाेटाङ – खोटाङमा नक्कली मह बिक्री गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा महजस्तो देखिने पदार्थ बिक्री गरिरहेको अवस्थामा १३ वर्षीय एक बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताउनुभयो । 

स्थानीयबाट नक्कली मह बिक्री गरिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाईलाई महजस्तो देखिने ५ केजी पदार्थसहित शनिबार पक्राउ गरेको हो । बजारमा नक्कली मह बिक्री भइरहेको विषयमा उद्योग वाणिज्य संघले नगरपालिकालाई जानकारी गराएपछि प्रहरीले ती बालकलाई नियन्त्रणमा लिएको हो ।

नक्कली मह बिक्री गरिरहेका अर्का एक जना फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया