लेखक बरालको ‘मालामा नउनिएका फूलहरू’ बजारमा

 फागुन ७, २०७८ शनिबार १४:५४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिखा बुक्सले प्रकाशन गरेको लेखक डा. खगराज बरालको गैह्रआख्यान अनुभूति सङ्ग्रह ‘मालामा नउनिएका फूलहरू’ यही फागुनको पहिलो हप्तादेखि बजारमा आएको छ ।

साहित्यमा 'श्रमिक बराल'का नामबाट कलम चलाउने बरालका विभिन्न सातओटा सिर्जना प्रकाशित छन् । बरालले शिक्षासम्बन्धी नीति, सिद्धान्त र कार्यान्वयनमा झण्डै एक दर्जन कृति नेपाली पाठकसामु पस्किसक्नुभएकाे छ । वास्तविक अनुभूतिलाई पुस्तकका रूपमा ढाल्न खप्पिस बरालका यसअघि ‘सिकाउने शैली’ (२०७५) तथा ‘सिकाइ र सहयोग’ (२०७६) प्रकाशित भएका छन् । गएकाे वर्ष बरालले आख्यानअन्तर्गत ‘स्यानी’ उपन्यास प्रकाशित गर्नुभएकाे थियाे । 

‘मालामा नउनिएका फूलहरू’मा बिसओटा भिन्न भिन्न अनुभूति रहेका छन् । पुस्तक पढ्दा कतै कथाजन्य अनुभूति पाइन्छ भने कतै अनुभूतिजन्य निबन्ध पाइन्छ । घर परिवारदेखि विश्व परिवेशसम्मका, स्वेदशदेखि विदेशसम्मका, दार्शनिक चिन्तनदेखि सामान्य मानवीय व्यवहारसम्म, मानवदेखि मानवेत्तर प्राणी र वनस्पतिसम्मका विषयलाई यस अनुभूति सङ्ग्रहमा समावेश गरिएको छ । सामान्य मानिसले पनि ध्यान नदिएका मसिना विषयलाई पनि लेखकले विशेष महत्त्वका साथ उठान गर्नुभएकाे छ ।

कुल तीन सय २४ पृष्ठको यो पुस्तकको मूल्य चार सय ७५ रुपैयाँ रहेको छ । ‘मालामा नउनिएका फूलहरू’  पुस्तक फागुनको पहिलो सातादेखि ज्ञानज्योति बुक्स पब्लिेकसन प्रा.लि. बागबजारले वितरणको जिम्मेवारीसहित देशभरका प्रमुख बजारमा ल्याएको छ ।
 

अन्तिम अपडेट: असार ३, २०७९

तपाईको प्रतिक्रिया