एमसीसी संसदमा पेस हुने कार्यसूची सार्वजनिक, माओवादीको लिखित विरोध

 फागुन ८, २०७८ आइतबार १३:४८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी आज आइतवारको संसद् बैठकमा पेस हुने पक्का भएको छ । सङ्घीय संसद् सचिवालयले संसदको दैनिक कार्यसूचीमा एमसीसी पेस हुने उल्लेख गरेको छ ।

कार्यसूचीमा भनिएको छ, ‘माननीय अर्थ मन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा प्रस्तुत गर्नुहुने ।’

आजको बैठकमा लोक सेवा आयोग विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/७८ पेस गर्नुहुने कार्यक्रम छ । 

यसैबीच एमसीसी सम्झौता संसदमा पेस गर्ने निर्णयप्रति माओवादीले कार्यव्यवस्था परामर्श समितिमै विरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको बैठकमा माओवादीका प्रमुख सचेतक देव गुरुङ र सदस्यहरू जयपुरी घर्ती र रेखा थापाले लिखित रूपमै असहमति राख्नुभएको छ । उहाँहरूले संशोधनविना एमसीसी पेस गर्ने सहमतिप्रति गम्भीर आपत्ति रहेको जनाउनुभएको छ । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया