सलमानले आफ्ना बारेमा दिएको बयान चित्त नबुझ्दा प्रियंकाले पनि फर्काइन् जवाफ

 भदौ २८, २०७५ बिहीबार १३:७:४० | एजेन्सी

अभिनेत्री प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’ छोडेपछि प्रियंकासँग सलमान खान यति रिसाएका छन कि उनी प्रियंकालाई कुरा सुनाउन कुनै पनि कसर छोडिरहेका छैनन । 

केही समययता सलमान खानले विभिन्न कार्यक्रममा जाँदा प्रियंकाको बारेमा आफ्नो मनमा लागेको कुरा पोखिहाल्छन् । प्रियंकाले अन्तिम समयमा आएर झुठो बहाना बनाएर फिल्म छोडेर धोका दिएको बारेमा भनिरहन्छन् । 

सलमानले यसरी आफूलाई धोकेबाज भन्दै विभिन्न कार्यक्रममा आफ्ना बारेमा बयान दिइरहेको देखेर प्रियंकाले पनि जवाफ फर्काएकी छिन् । खबरहरुका अनुसार प्रियंकाले फिल्म ‘भारत’ उनको विवाहका लागि वा कुनै हलिउड फिल्मका कारण छोडेकीे होइनन् । उनले ‘भारत’ छोड्नुको कारण अभिनेत्री तब्बु र दिशा पाटनी हुन् । फिल्म ‘भारत’ मा प्रियंकालाई साइन गर्दा उनी मात्रै फिल्मकी अभिनेत्रीको रुपमा थिइन । तर पछि अप्रत्याशित रुपमा अभिनेत्री तब्बु र दिशा पाटनीले पनि फिल्म ‘भारत’ मा एन्ट्री गरेपछि प्रियंकालाई तनाव भएको थियो ।

यसका साथै प्रियंकाले सलमान खानका कारण पनि भारत छोडेको बताएकी छिन् । प्रियंकालाई फिल्म छायाँकंनका क्रममा सलमान खानको सेटमा निर्धारित समय भन्दा ढिलो पुग्ने बानीका कारण उनी पहिल्यैदेखि वाक्क दिक्क थिइन् ।

प्रियंकालाई हलिउड फिल्ममा काम सुरु गरेदेखि हरेक कुरा समयभित्रै पूरा गर्ने  बानी भइसकेको छ । तसर्थ आफू सलमान खानको ढिलो गरी सेटमा उपस्थित हुने बानीलाई लामो समयसम्म झेल्न नसक्ने लागेर पनि उनले भारत छोड्ने निर्णय लिएको बताएकी छिन् । 

एकातिर सलमान खान प्रियंकाले अन्तिम समयमा आएर फिल्म ‘भारत’ छोडेर धोका दिएको भन्दै विभिन्न बयान दिइरहेका बेला प्रियंकाको तर्फबाट पनि यस किसिमका बयान आउदा अहिले यी दुवैबीचको सही र को गलत भन्ने कुराको हानथाप भइरहेको कुरा प्रष्टै बुझिन्छ । अब सलमानको बयानहरु प्रति प्रियंकाले दिएको यस किसिमको जवाफलाई सलमानले कसरी लिनेछन् त्यो त आगामी दिनमा नै थाहा हुनेछ । 

अहिले फिल्म ‘भारत’ मा प्रियंकाले छोडेको भूमिका अभिनेत्री कट्रिना कैफले गरिरहेकी छिन् । प्रियंका चोपडाले पनि उनको बलिउड फिल्म ‘स्काई इज पिंक’ को छायाँकंनको काम सुरु गरिसकेकी छिन् । 
 
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया