चाेरीका ३ वटा माेटरसाइकलसहित काठमाण्डाैबाट १ जना पक्राउ

 फागुन ८, २०७८ आइतबार १६:४४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चाेरीका तीन वटा माेटरसाइकलसहित काठमाण्डौबाट एक जना पक्राउ परेका छन् । काठमाण्डौको नयाँ बानेश्वर घर भएका पुलकित ठकुरीलाई प्रहरीले चोरीका मोटरसाइकलसहित पक्राउ गरेको हो ।

गएकाे शुक्रवार जडीबुटीको नरेफाँट नजिकै नियमित जाँचका क्रममा ठकुरीले आफूले चलाएको मोटरसाइकलको कागजात दिन आनाकानी गरेपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा उनले मोटरसाइकलको वास्तविक नम्बर प्लेट छोपेर नक्कली नम्बर राखेको भेटिएको थियो ।

पक्राउ परेका पुलकित ठकुरीसँग सोधपुछका क्रममा थप दुई वटा मोटरसाइकल पनि चोरेर नरेँफाटको खाली जग्गामा फोहोरको थुप्रो नजिकै राख्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया