पाेखरामा बाक्लाे असिना पानी, तस्बिरमा हेर्नुहाेस्

 फागुन ८, २०७८ आइतबार १८:३२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – आज आइतवार पाेखरामा बाक्लो असिना पानी परेको छ । असिना पानीले पोखराको सडकमा केहीबेर गाडी सञ्चालनमा अवराेध पुगकाे थियाे । पोखराको न्युरोड, चिप्लेढुङ्गा, बगर, अमरसिंह चेकको भागमा असिनाले ढपक्कै छोपेको थियो । असिना पानीका कारण गुडिरहेका बसहरू रोकिएका थिए, बाटो हिँडिरहेका मान्छेहरू ओत लागेका थिए । असिना पानीले जनजीवनका साथै व्यापार/व्यवसाय पनि प्रभावित भएको छ ।

सडकमा चार इन्चदेखि एक फुटसम्म असिना थुप्रिएकाे थियाे । यसरी असिना परेको पहिलो पटक थाहा पाएकाे स्थानीयवासी थम्मन ठकुरीले बताउनुभयो । असिना पानीले त्यस क्षेत्रका तरकारी, आलु, फलफूल, तोरी, गहुँ लगायतका बालीमा क्षति पुगेको छ । 

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पाेखरा महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताउनुभयो । ‘पोखराको हेम्जा र मालेपाटन लगायतका तरकारी खेती हुने क्षेत्रमा असिनाले व्यापक क्षति पुर्‍याएकाे छ । यसको यकिन भने फिल्डमा पुगेर नहेरि र किसानसँग जानकारी नदिइ यति नै क्षति भयो भन्न सकिन्नँ’, उहाँले भन्नुभयाे । 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरा लगायत देशका विभिन्न भू–भागमा पानीसहित असिना परिरहेको मौसमविद्हरूले बताएका छन् । अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया