नुवाकाेटकाे किस्पाङमा बस दुर्घटना, ८० जना घाइते

 फागुन ८, २०७८ आइतबार १९:४४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

नुवाकाेट – नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ६ मा आज आइतवार बस दुर्घटना हुँदा ८० जना घाइते भएका छन् । 

किट्नेबगरबाट त्रिशुली गइरहेकाे प्रदेश ३–०१००६ ख १५४१ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये १७ जनाको काठमाण्डौ र सात जनाको त्रिशूली अस्पतालमा उपचार चलिरहेको छ । बाँकी घाइते सामान्य उपचारपछि घर फर्किएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । 

क्षमताभन्दा धेरै यात्रु र अप्ठ्यारो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया