आज बेलुका पनि मेघगर्जनसहित पानी पर्ने

 फागुन ९, २०७८ सोमबार ७:५३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठकाअनुसार पश्चिमी न्यून चापीय प्रणालीकै असरका कारण हिजो जस्तै आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।

यो प्रणालीको प्रभाव भोलि भने हट्ने छ । तर, पर्सि फेरि पानी पार्ने अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सि बुधवार र बिहीवार धेरै ठाउँमा पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार तराईका जिल्ला बाहेक अन्य क्षेत्रमा पर्सि बुधवार र बिहीवार वर्षाको अनुमान छ ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ । अहिले पूर्वी क्षेत्र बाहेक अन्य ठाउँको मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् । तर, बेलुकापछि पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने उनीहरुको भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया