आउँदाे स्थानीय तह चुनावका लागि दर्ता भएका दलकाे सङ्ख्या १ सय ९ पुग्याे

 फागुन ९, २०७८ सोमबार १९:५५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि दर्ता भएका दलको सङ्ख्या एक सय नाै पुगेको छ । यस्तै स्थानीय तह चुनावमा भाग लिनका लागि १० दलले निवेदन दिएका छन् ।

निवेदन दिनेमा जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी रहेका छन् । आयोगले फागुन १५ गतेसम्म स्थानीय तहमा भाग लिने दलहरूलाई निवेदन दिन समय छुट्याएको छ । 

यस्तै निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको वा कुनै अवस्थाले नासिएको भएमा प्रतिलिपि लिनका लागि निवेदन दिनुपर्ने समय तोकेको छ । त्यसका लागि आउँदाे २० गतेसम्म वडा कार्यालयको सिफारिससहित निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज साेमवार निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ । 

आयोगले स्थानीय तह चुनावका लागि आवश्यक पर्ने २३ प्रकारका निर्वाचन सामग्रीको खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया