अनलाइनमार्फत जुवा खेलाइरहेको आरोपमा ३७ जना पक्राउ

 फागुन १०, २०७८ मंगलबार ११:१७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अनलाइनमार्फत जुवा खेलाइरहेको आरोपमा काठमाण्डौको मध्यबानेश्वरबाट ३७ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामा केही चिनियाँ नागरिक पनि रहेका प्रहरीले जनाएको छ ।

प्रहरी परिसर काठमाण्डौको टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

घटनाबारे थप अनुसन्धान सुरु भएको काठमाण्डौ प्रहरी परिसरले जनाएको छ । 
 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया