मलेसियामा अब नेपालीसहित विदेशी कामदारले १३ वर्ष बस्न पाउने

 भदौ २८, २०७५ बिहीबार १४:४८:३३ | उज्यालो सहकर्मी

मलेसिया – मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न पाउने भएका छन् ।

यसअघि १० वर्षसम्म बस्न पाउने नियमलाई परिमार्जन गर्दै मलेसिया सरकारले १३ वर्षसम्म बस्न पाउने नियम ल्याएको हो । मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले विदेशी कामदारको अस्थायी रोजगार अनुमति (पीएलकेस) प्रावधानलाई परिमार्जन गरेको जानकारी दिएका छन् ।

अहिले मलेसियामा रहेका विदेशी कामदारको दक्षतालाई ख्याल गर्दै गएको अगष्ट २९ मा मन्त्रिपरिषद्बाट भिसा नवीकरणसम्बन्धी यो निर्णय गरिएको हो ।  १० वर्ष बसिसकेपछि तीन वर्षको अवधि एकैपटक बढाउन भने पाइने छैन ।

‘यो अवधि धेरैमा तीन वर्ष बढाइएको हो, तर कामदारले बर्सेनि भिसा नवीकरण गर्नुपर्नेछ,’ मन्त्री कुला सेगरनको भनाई मलेसियन समाचार माध्यमले उद्धृत गरेका छन् ।

तर त्यस्ता विदेशी कामदारले स्थायी बसोबास र मलेसियन नागरिकताका लागि भने आवेदन दिन पाउने छैनन् । समय थपेर बसे पनि रोजगारदाताले नै उनीहरुको वार्षिक १० हजार रिंगिट लेभी तिर्नुपर्नेछ । 

यो नियम लागू भएपछि मलेसियामा रहेका नेपालीलाई पनि फाइदा पुग्ने छ । मन्त्री कुला सेगरनका अनुसार यो नियम आउँदो असोज १५ अथवा अक्टोबर १ बाटै लागू हुनेछ । 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया