एमसीसीविरुद्धकाे प्रदर्शनमा ताेडफाेड भएकाे पसलकाे क्षतिपूर्ति दिन गृहलाई आग्रह गरिने

 फागुन १०, २०७८ मंगलबार १८:४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी सहयाेग एमसीसी सम्झाैताको विराेधमा भएकाे प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तोडफोड भएको पसलमा सरकारकाे चासो देखिएको छ ।

गएकाे आइतवार एमसीसीविरुद्धकाे प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा बुद्धनगरकी जानकी श्रेष्ठको पसलमा क्षति पुगेको थियो । प्रदर्शनकारीहरूले पाँच जना प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्ने क्रममा श्रेष्ठको पसलमा क्षति पुगेको थियो । प्रहरीलाई बचाउने क्रममा पसलमा क्षति पुगेपछि सरकारले चासो देखाएको हो । 

आज मङ्गलवार काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरी व्यवसायी श्रेष्ठको पसलमा पुग्नुभएको छ । अनुगमनमा उहाँहरूले पसलमा भएको क्षतिको विवरण सङ्कलन गर्नुका साथै उचित क्षतिपूर्ति दिनका लागि गृह मन्त्रालयलाई आग्रह गर्नेसमेत आश्वासन दिनुभएको छ ।

यसअघि आज नै काठमाण्डाै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी नेतृत्वको टोली पनि श्रेष्ठको पसलमा पुगेर क्षति विवरण लिनुभएको थियो । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया