आज पश्चिमी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

 फागुन ११, २०७८ बुधबार ७:४९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पश्चिमी क्षेत्रको मौसम भने पूर्ण बद्ली भएको मौसमविद्ले बताएका छन् । 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पश्चिमी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।  यी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा पनि आज हिमपातको सम्भावना छ ।

अहिले बाजुरा र कालिकोटामा पानी परिरहेको पनि भट्टराईले जानकारी दिनुभयो । यस्तै, आज अन्य प्रदेशका पहाडी क्षेत्रमा केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको अनुमान गरिएको छ  । 

मौसमविद्ले सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।  
 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया