काठमाण्डौ महानगरकाे फोहर अझै उठेन, शहर दुर्गन्धीत

 फागुन ११, २०७८ बुधबार ९:१८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरकाे फोहोर दश दिन देखि उठ्न सकेको छैन । फोहोर थुप्रिएपछि शहर दुर्गन्धीत बनेको छ । 

चोक चोकमा फोहोरको थुप्रो छ । वर्षौँ अघि ठेक्का लागे पनि पासाङ ल्हामु राजमार्गको निर्माण सम्पन्न नभएपछि स्थानीय बासिन्दा विरोधमा उत्रिँदा काठमाण्डौमा फोहोरको डङ्गुर थुप्रिन थालेको छ । नुवाकोटको सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै ६ किलोमिटर सडक मर्मत कार्य भैरहेकाले फोहोर उठ्न नसकेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । 

सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले अझै एक/दुई दिन फोहोर नउठ्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो । सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको र फोहोर उठाउन समस्या भएको उहाँको भनाई छ । डंगोलका अनुसार सिसडोलमा फोहोर फाल्ने विषयमा भने अहिले विवाद छैन । तर स्थानियबासिन्दाले गएको फागनु एक गतेदेखि गाडी रोकेर अवरोध गरिरहेका छन् ।
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया