शरीर बन्धक आरोपमा पाँच जना पक्राउ

 फागुन ११, २०७८ बुधबार ९:५८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको तुलसीपुरमा अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । 

तुलसीपुर ३ बस्ने निशान शाही ठकुरी, त्यही वडाको गहते बस्ने सुमित भण्डारी,वडा नम्वर ९का प्रेम डाँगी, त्यहीँ ठाउँका दुर्गेश शर्मा र वडा नम्वर ८ का कमल विकलाई प्रहरीले पक्राउ गरेको हो ।  घटनामा संलग्न रहेका भनिएका  तुलसीपुर ८ नयाँबस्ती २० वर्षीय विशाल सुनार भने फरार भएका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । 

उनीहरुमाथि अस्ति सोमवार बेलुका तुलसीपुर ३ दमारगाउँको जंगल नजिकैबाट सल्यान बागचौर नगरपालिका ९ घर भई अहिले तुलसीपुर ९ बेलुवामा कोठाभाडा लिएर बस्दै आएका १९ वर्षीय ललित वली र रमन डाँगीलाई कुटपिट तथा अपहरण गरेको आरोप लागेको छ । घटनाको अनुसन्धान भइरहेको छ। 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया