कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज बुधवार ट्वीट गर्नुहुँदै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति बेहाेर्नुपरेकाे उल्लेख गर्नुभएको छ । दुःखको यस घडीमा स्व. लामाप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज ट्वीट गर्नुहुँदै गायक लामाको निधनबाट देशले गीतसङ्गीत, चलचित्र एवम् हास्य क्षेत्रका एक असल साधक गुमाएको उल्लेख गर्नुभएको छ । उहाँले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा निधन भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।