बालुवामा ‘माेहर’ फलाउँदै सुनसरीका अस्गर अली (फाेटाे फिचर)

 फागुन ११, २०७८ बुधबार १८:४४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरीका किसान अस्गर अली बालुवामा मोहर फलाउने ध्याउन्नमा लाग्नुभएकाे छ । उहाँकाे दैनिकी र लक्ष्य भनेकै कोसीकाे बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु हो । कोसी गाउँपालिका ५ कुम्याहीकाे हुर्कीटोलका अली बालुवामा खेती गर्ने नमुना किसानसमेत हुनुहुन्छ । उहाँले यसअघिका बाली भने उठाइ सक्नुभएकाे छ । मनग्य आम्दानी गर्दै आएका अलीले यतिबेला १२ बिघाभन्दा बढी बालुवामा मौसमी खेतीलगायतका बाली लगाउनुभएकाे छ । 

गाउँपालिकाको सहयोगमा भारतकाे राजस्थान भ्रमण गरी सिकेको ज्ञानलाई व्यवहारमा उतारेका अलि यतिबेला कागती खेतीसँगै अन्य बाली उब्जाउने क्रममा हुनुहुन्छ । 

अलीले बालुवामा लगाएको बालीमा डिप बोरिङ र थोपा सिँचाइको माध्यमबाट पानीको प्रबन्ध मिलाउनुभएकाे छन् । जलकुम्भी लगायतका झारपात कुहाएर प्राङ्गारिक मल बनाइएको छ । बालुवालाई उब्जाउयोग्य बनाउन बाहिरबाट माटो ल्याएर लेबलिङ गरी अलीले खेती गर्नुभएकाे छ । 

कृषि पेसालाई निरन्तरता दिएका अली आधुनिक खेती थालेसँगै आम्दानीसमेत मनग्य भएकाे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘घर खर्च मज्जाले चल्छ । पहिला एउटा ट्र्याक्टर थियो । अहिले तीनव टा भइसक्यो । राम्रो आम्दानी छ ।’

अलीसँगै उहाँका छोरा पनि यही पेसामा हुनुहुन्छ । ६ वर्ष विदेशमा श्रम गरेका समी उल्लाह दुःख र कष्ट सहनुपरेको र कमाइ पनि राम्रो नभएपछि घर फर्किनुभएकाे हाे । बाबुले धानेको पेसामा मनग्य आम्दानी देखेपछि उहाँ खेती किसानीमै रम्नुभएकाे छ । 

कोशी गाउँपालिकामा ३३ सय बिघा जग्गामा बालुवा छ । सप्तकोसीकाे बाढीले बालुवामा परिणत गरेको बन्जर जमिनलाई गाउँपालिकाले लेबलिङ गर्नेदेखि किसानका लागि राहत प्याकेजका काममा सघाउँदै आएको छ । 

विदेशमा कष्ट सहेर काम गरिरहेकाहरूका लागि सुनसरीको कोसी गाउँपालिकाका यी बाबु–छोराको लगन र परिश्रम पक्कै उदाहरणीय बन्न सक्छ । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया