अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
खोटाङ – खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भएकाे पाएपछि प्रहरीले नियन्त्रणमा लिएकाे छ । नेपाल– भारत सहयोग लेखिएको स १ च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी नबाेकेर अन्य यात्रु ओसार्न प्रयोग गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हाे ।
एम्बुलेन्सले बिरामीको सट्टा अन्य यात्रुलाई बोकेको सूचनाका आधारमा नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्सालले बताउनुभयो ।
भारतीय भूतपूर्व सैनिक सङ्घको नाममा रहेको एम्बुलेन्स दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका प्रेमचन्द्र राईले मासिक १५ हजार रुपैयाँमा भाडामा चलाउँदै आएका थिए । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा रहेकाे प्रहरी चौकीले राईलाई एम्बुलेन्ससहित नियन्त्रणमा लिएको हो । यसबारेमा थप अनुसन्धान थालिएको डीएसपी लम्सालले बताउनुभयो ।
गाउँघरमा मट्टिमाला, पुलिक लगायतका पुराना सामग्री खोज्दै हिँड्ने व्यक्तिलाई बोक्नका लागि त्याे एम्बुलेन्स प्रयोग गरेको जनाइएको छ । भारतीय राजदूतावासले जिल्लाका बिरामीको सहजताका लागि भारतीय भूतपूर्व सैनिक सङ्घलाई सन् २०१५ मा एम्बुलेन्स दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।