काठमाण्डौ उपत्यकामा जथाभाबी हुने गाडी पार्किङलाई हटाउन अभियान सुरु

 फागुन १२, २०७८ बिहीबार ८:४६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभाबी पार्किङ गर्ने गाडीमाथि पुनः कारबाही अभियान थालेको छ। 

ललितपुरको पाटन क्षेत्रबाट जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गरेका गाडीलाई हटाउन 'स्वीप अपरेसन' चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो।

सडक तथा फुटपाथ अतिक्रमण गरी अनधिकृतरूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका गाडीलाई कारबाहीको दायरामा ल्याउन याे अभियान चलाइएको जनाइएको छ । यसले आम सडक प्रयोगकर्तालाई सडक तथा फुटपाथको निर्बाध प्रयोग गर्न र गाडी आवागमनमा समेत सहजता ल्याउने विश्वास लिइएको छ।

महाशाखाले अभियानको पहिलो दिन हिजाे ललितपुरबाट ३७ गाडीलाई कारबाही गरेको छ। ट्राफिक प्रहरीले आवागमनमा असर पर्ने गरी पार्किङ नगर्नसमेत सचेत गराएको छ। यता बौद्ध क्षेत्रमा गरिएको स्वीप अपरेसनमा १०० गाडीलाई कारबाही गरिएको छ भने आसपासका अन्य सडकमा पार्किङ व्यवस्थापनसमेत गरिएको महाशाखाले जनाएको छ।

करिडोर सडकमा हुने गाडी तथा पार्किङ व्यवस्थापन गर्न ट्राफिक महाशाखाले हालसालै डल्लु र मैतीदेवीमा नयाँ ट्राफिक पोष्टसमेत स्थापना गरिसकेको छ । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया