बानेश्वर क्षेत्रमा सडक खाली गरेर प्रहरी तैनाथ

 फागुन १२, २०७८ बिहीबार १२:४१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एमसीसीको विरोधमा संसद् भवन अगाडि विरोध प्रदर्शन हुन थालेपछि बानेश्वर क्षेत्रमा सडक खाली गरेर प्रहरी तैनाथ गरिएको छ । माइतीघर मण्डला–तीनकुने सडक खण्डमा गाडी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यसकै विरोधमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका भातृ सङ्गठनलगायतले आज पनि विरोध प्रदर्शन गर्दैछन् । उनीहरु सडकमा निस्कन थालिसकेका छन् । आज यो क्षेत्रको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सुरक्षाका लागि संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ ।

संसद् भवनको आसपासका क्षेत्रसँगै अमेरिकी दूतावासलगायत कुटनीतिज्ञ नियोग आसपासका क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गएको आइतवार विरोध  प्रदर्शनका कारण यो क्षेत्रमा लामो जाम भएको थियो भने झडपका क्रममा बाटो हिँड्ने बटुवा पनि समस्यामा परेका थिए । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया