एमसीसी विरुद्धकाे प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न आग्रह

 फागुन १२, २०७८ बिहीबार १४:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसदमा पेस भएको एमसीसी सम्झौताको विरोधमा भइरहेको प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न राष्ट्रिय मानवअधिकार आयोगसहित विभिन्न सङ्घसंस्थाले आग्रह गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले आज विज्ञप्ति निकालेर नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गर्न, आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार र सम्बद्ध निकायलाई आग्रह गरेको छ ।

यस्तै आन्दोलनमा संयमता अपनाउन अनौपचारिक सेवा केन्द्र इन्सेकले पनि सबै पक्षलाई आग्रह गरेको छ । गएको फागुन ८ गते नयाँ बानेश्वरमा भएको आन्दोलनमा प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोग गरेको थियो भने आन्दोलनकारीले सार्वजनिक सम्पत्ति तोडफोड गरेका थिए । 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया