बलात्कारको अभियोगमा पचास वर्षको सजाय भोग्नबाट बचायो कुकुरले

 भदौ २८, २०७५ बिहीबार १७:३५:५२ | एजेन्सी
unn.prixa.net

सन् २०१७ मा अमेरिकाको ओरेगनका जोशुवा होर्नरलाई त्यहाँको अदालतले बाल यौन शोषणको अभियोगमा दोषी ठहर गरेको थियो । तर अचानक एक माउ कुकुरको कारण अदालतको यो निर्णयमा नयाँ मोड ल्याइदियो र होर्नर ५० वर्षको सजायबाट मुक्त भए ।

४२ वर्षीया होर्नरविरुद्ध एउटी बालिकालाई बलात्कार गरेको र सबुत मेटाउनको लागि लुसी नाम गरेको माउ कुकुरलाई गोली हानेर मारेको अभियोग लागेको थियो । तर पछि लूसीलाई उसकै मालिकसँग भेटाएपछि होर्नर सजायबाट मुक्त भएका हुन ।

मुद्धा सुनुवाइका बेला अदालतले सर्वसम्मत रुपमा फैसला दिएको थिएन । एउटा गैर लाभकारी कानूनी संस्थान ‘ओरेगन इनोसेन्स प्रोजेक्ट’ ले होर्नरको मुद्धाको समीक्षा गरिरहेको थियो । अप्रिलमा संस्थानले स्थानीय सरकारी वकील जोन हमलसँग मुद्धाको बारेमा असन्तुष्टि जनाएको थियो । त्यसपछि हमल पनि संस्थानसँग मिलेर नै काम गर्न राजि भएका थिए ।

सवाल यो पनि थियो कि आखिर लूसी कहाँ गएकी थिइन् । हार्नरले लूसी जिउँदै भएको र उनले कुनै पनि कुकुरलाई नमारेको बताउँदै आएका थिए । होर्नरको कुरालाई मान्दै संस्थान र सरकारी वकीलको कार्यालयका कर्मचारीले लूसी कुकुरलाई खोज्ने प्रयास गरे ।

अन्तिममा उनीहरुले लूसीलाई ओर्गन कोस्टमा उसकै मालिकसँग भेटाए । संस्थानकी एक अधिकारी लिसा क्रिस्टनका अनुसार लूसीको पहिचान उसको रुप र अन्य सबुतको आधारमा गरिएको थियो ।

लूसीलाई भटेपछि बालिकाले गलत बयान दिएको प्रमाणित भएको छ  भने होर्नरलाई सजायबाट मुक्त गरिएको छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया