धेरै ठाउँको मौसम धुम्म, बेलुका पानी पर्ने अनुमान

 फागुन १३, २०७८ शुक्रबार ७:४५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अहिले देशका धेरैजसो ठाउँको मौसम धुम्मिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको  प्रभावका कारण आज बेलुकीपख धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो।

यस्तै, आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात पनि हुने अनुमान छ।

राति पनि यी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् महर्जनले बताउनुभयो । पश्चिमी न्यून चापीय प्रणालीको असर भोलिसम्म नै रहने छ । पर्सिदेखि भने मौसम सफा हुँदै जाने मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया