‘टाइगर कप’ भलिबलको फाइनल खेल आज : पुरुषतर्फ गण्डकी र पुलिस,...
माघ २०, २०८१ आइतबार
काठमाण्डाै - सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई अनुमोदन गर्न नसकिने बताउनुभएको छ ।
आज कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन नसकिने अडानमा आफूहरु कायमै रहेको बताउनु भएको हो ।
एमसीसी सम्झौताका कतिपय प्रावधानहरु आपत्तिजनक रहेको भन्दै उहाँले आफूहरुले ती प्रावधानहरुलाई सच्याउनका लागि बारम्बार कुरा राख्दा पनि सच्चिन नसकेको गुनासो गर्नुभयो।
अध्यक्ष नेपालले एमसीसी अनुमोदनका लागि अमेरिकाबाट धम्कीपूर्ण अभिव्यक्ति आउनुले पनि यसप्रति अझ बढी आशङ्का बढाएको तर्क गर्नुभयो । एमसीसी सम्झौताका केही प्रावधानहरु परिवर्तन गर्ने सम्बन्धमा अझै पनि छलफल चलिरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष नेपालले नेपाललाई कुनै पनि सैन्य गठबन्धन र सुरक्षा रणनीतिको अङ्गको रुपमा समावेश गर्न नदिने बताउनुभयो । उहाँले छिमेकी देशहरुको सुरक्षामा असर पर्ने काम नेपालको भूमिबाट हुन नदिने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘हाम्रो पार्टी कुनै पनि सम्झौताको सारमा जानु पर्छ । हामी सारमा गम्भीर त्रुटिहरु छन् भने त्यसलाई सच्याउनुपर्दछ भन्ने धारणा राख्छौँ । विदेशीहरुको प्रभावमा पर्न पनि चाहदैनौँ । हामी कुनै पनि किसिमको सैन्य गठबन्धनमा, सुरक्षा रणनीतिको अङ्गको रुपमा आफूलाई समावेश गर्ने पक्षमा छैनौँ ।’
उहाँले संसदमा टेबल गरिएको एमसीसीको सम्बन्धमा नेपालले कसैको दबाबबाट प्रभावित नभइ स्वतन्त्र ढङ्गले निर्णय लिनुपर्ने बताउनुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।