भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुइँटेललाई

 फागुन १४, २०७८ शनिबार ९:८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली साहित्यका हास्य-व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार वितरण गरिएको छ ।

भैरव पुरस्कार गुठीका अध्यक्ष साहित्यकार रोचक घिमिरेले २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुँइटेललाई प्रदान गर्नुभयो ।

यो पुरस्कारको राशि एक लाख ११ हजार १११ रहेको छ । पहिलो पटक यसै वर्षदेखि घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिएको छ ।

एक लाख एक हजार १११ राशिको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारितालगायतको क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई बर्सेनि प्रदान गरिने गुठीले जनाएको छ । यसैगरी ५१ हजार १११ राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरिएको छ ।

यसैबीच गुठीको हिजो सम्पन्न साधारण सभाले रोचक घिमिरेको अध्यक्षतामा गुठीको नयाँ कार्य समिति चयन गरेको छ । गुठीको उपाध्यक्षमा विजय चालिसे, सचिवमा वसन्त रिजाल र कोषाध्यक्षमा अजित नेपाल रहनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया